भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’ ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’


‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’ ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’

काठमाडौं, ५ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद किरण साहले फरकमत राखेका थिए । उनले मुस्लिम आयोग खारेजभन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।


उनले नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि हिन्दू आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा हिन्दू, बौद्ध, किरात लगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने बताएका हुन् ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरुप्रति अन्याय भएको जिकिर गरे । उनले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राखे ।


कार्यक्रममा अभियानका वरिष्ठ नेता तथा संविधानसभाका सदस्य बीपी यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाए । उनले मुस्लिम आयोग खारेज गर्नैपर्ने बताउँदै यसका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु गर्ने बताए ।
कार्यक्रमका अध्यक्षता गरेका अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गरेका थिए । उनले विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘मुस्लिम आयोगको नाममा खुल्लेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’


उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाएका छन् ।
यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डॉ श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम को संचालन अभियानका राष्ट्रिय सम्मेलन आयोजन समितिका महासचिव डा. प्रभात कुशवाहाले गरेका थिए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने, ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव

Next Post

नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिका द्वारा प्रेस विज्ञप्ति

स्पेशल खबर

स्पेशल खबर

Next Post
नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिका द्वारा प्रेस विज्ञप्ति

नगरकार्यपालिका सार्ने कुरो झुठो रहेको भन्दै गोलबजार नगरपालिका द्वारा प्रेस विज्ञप्ति

जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

जम्मू कश्मीर र लद्दाख अनुच्छेद 370 खारेज पछि आर्थिक वृद्धि र विकासमा उल्लेखनीय परिवर्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d