भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

महोत्तरीमा दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण हटाइयो

महोत्तरीमा दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण हटाइयो

रासस-
महोत्तरी, साउन २० गते ।

महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा शुक्रबार हटाएका छन् ।

नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ र ८ मा तथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५÷९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्मको करिब तीन किलोमिटर अतिक्रमित दशगजा क्षेत्रलाई दुवै देशका संयुक्त सुरक्षाकर्मीले खाली गराएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरले जनाएको छ ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका सशस्त्र प्रहरी नायब निरीक्षक रवीन्द्र मेहत्तरी सुडीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर अवस्थित सीमा सुरक्षा बल (एसएसबी) का निरीक्षक ऋषिकेशकुमार तथा मधवापुर थानाका सहायक प्रहरी निरीक्षकद्वय बहादुर विभाकर र सियाराम शर्माको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरूले अतिक्रमित दशगजा खाली गराएका हुन् ।

संयुक्त सुरक्षाकर्मीले दुवै देशतर्फ दशगजा क्षेत्रमा अतिक्रमण गरी स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ, छाप्रोहरू हटाएका छन् । दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ ।

त्यसैगरी वर्षौंदेखि दशगजा क्षेत्रमा नै पार्किङ गरी राख्दै आएका दर्जनौँ भारतीय नम्बरका गाडीहरू पनि आजदेखि त्यस क्षेत्रमा पार्किङ गर्न नपाउने गरी हटाइएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

महोत्तरीमा बोक्सी आरोपमा यातनाबाट विस्थापित काजलले पतिसहित तीनजनाविरुद्ध दिइन् जाहेरी

Next Post

धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला

स्पेशल खबर

स्पेशल खबर

Next Post
धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला

धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला

सीमावर्ती कञ्चनपुर जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान

सीमावर्ती कञ्चनपुर जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d