भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सुर्खेतमा आँखा पाक्ने रोगको महामारी, दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल


सुर्खेतमा आँखा पाक्ने रोगको महामारी, दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

दिनेश बुढा

सुर्खेतमा पनि आँखा पाक्ने रोगका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। प्राय: वर्षायाममा देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) यहाँ एकपछि अर्कोमा देखिँदै गएको हो।

केही दिनयता सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, सुर्खेत र आसपासका जिल्लामा यो रोग तीव्र रुपमा फैलिरहेको छ।

यो रोग विशेषगरी विद्यालयका बालबालिका, शिक्षक, कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने व्यक्तिमा देखिए पनि अन्य सर्वसाधारण नागरिक पनि संक्रमित भइरहेका छन्।

धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न भएकाले जनघनत्व अलि बढी भएका स्थानमा भाइरलका रुपमा फैलिएको आँखा रोग विशेषज्ञ बताउँछन्।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शक्ति सुवेदीले धेरैजसो बालबालिकामा महामारीकै अवस्था देखिए पनि यो रोग जुनसकै उमेर समूह, महिला-पुरुषमा देखिएको जानकारी दिए।

  • आँखा पाक्ने समस्या बढेपछि हरिवनका विद्यालयमा चार दिन बिदा

उनले भने, ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले एकैपटक धरै जनामा भइरस पुग्नसक्छ। पूरै घरका सदस्यहरुमा पनि हुनसक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गरेको छ।’

दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत आँखा अस्पतालमा दैनिक पाँचदेखि ६ सयसम्म आँखाका बिरामी भर्ना हुने गरेका छन्। सुर्खेत आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डाक्टर आकांक्षा रानाले आँखा पाक्ने रोगको समस्या लिएर दैनिक ६ सय बिरामी अस्पताल आउने गरेको जानकारी दिइन्।

उनले भनिन्, ‘पहिला अस्पतालमा दैनिक सयदेखि दुई सयसम्मका बिरामी आउने गरेका थिए। तर, पछिल्लो एक हप्तादेखि दैनिक पाँच सयदेखि ६ सयसम्म बिरामी आँखा पाक्ने रोग उपचारका लागि आउने गरेका छन्। यसरी संक्रमित भएर उपचारका लागि अस्पताल आउने सरकारी वा गैरसरकारी कर्मचारीलाइ कार्यालय नगएर रेस्ट गर्न र बालबालिकाहरूलाई स्कुल नपठाउन हामीले सुझाव दिएका छौँ।’

डाक्टरहरुका अनुसार पछिल्लो सयम नागरिकमा चेतनास्तर बढेकाले संक्रमितमा गम्भीर प्रकृतिको असर देखिएको छैन। साथै संक्रमित भएमा नआत्तिन र सरसफाइमा विशेष ध्यान दिन उनीहरुले सुझाव दिएका छन्। धेरै दुख्न थालेमा भने स्वास्थ्यकर्मीलाइ देखाउन डाक्टरहरुले सल्लाह दिएका छन्।

लक्षण
१.  एक्कासि एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२. आँखा धेरै चिलाउने तथा परेला टाँसिने
३. आँखाबाट बारम्बार पानी बगिरहने
४. आँखामा कचेरा लाग्ने तथा टाँसिने
५. आँखाबाट आँसु बगिरहने
६. आँखा सुन्निने

बच्ने उपाय

१. पट्क–पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ। तर आँखाभित्र पानी पार्नु हुँदैन।
२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने।
३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने।
४. सकेसम्म सँगै नसुत्ने भीडभाड हुने ठाउँमा नजाने।
५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन धुने।
६. कालो चस्माको प्रयोग गर्ने।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेपाल र चीन दुवैले बिर्सिए नयाँ शान्ति तथा मैत्री सन्धिको त्यो प्रस्ताव

Next Post

सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु

स्पेशल खबर

स्पेशल खबर

Next Post
सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d