भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु


सुदूरपश्चिममा सवारी दुर्घटनाको ग्राफ, एक वर्षमा १७७ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बिगतका वर्षहरुको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा कमि आएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा आधाले कमि आएको छ। सो अवधिभित्र तीन सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

प्रदेशका नौवटै जिल्लामा सबैभन्दा बढी एक सय ६९ वटा मोटरसाइकल दुर्घटना भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा मोटरसाइकल दुर्घटनामा पनि कमी आएको छ।

प्रदेशभित्र गत वर्ष आठवटा ट्रक, दुई टिपर, चार डोजर, १७ बस, ५ माइक्रोबस, ४५ कार/जिप, ४१ ट्याक्टर, ८ टेम्पो, लगायत तीन सय २० दुर्घटना भएका हुन्। यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३२ ट्रक, १० टिपर, तीन डोजर, ३१ बस, चार माइक्रोबास, एक सय ३ कार÷जिप, ६० ट्याक्टर, २४ टेम्पो, तीन सय ५६ मोटरसाइकलसहित ६ सय ७२ दुर्घटना भएका थिए।

प्रदेश ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा एक सय ९६ जनाको मृत्यु भएको थियो। प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ। सुदूरपश्चिममा गत वर्ष एक सय ४४ पुरुष, २२ महिला, ६ बालक र पाँच बालिकाको सवारी दुर्घटना परेर मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकले छ। २०७८/७९ मा एक सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको समेत प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको विरणमा उल्लेख छ।

प्रदेशभित्र अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा समेत कमी आएको छ। अघिल्लो वर्ष तीन सय ९५ जना घाइते भएकोमा गत वर्ष एक सय ९७ जना गम्भिर घाइते भएका छन्। प्रदेशभित्र एक सय ५१ पुरुष, ३२ महिला, ७ बालक र ७ बालिका २०७९/८० मा घाइते भएका हुन भने २ सय ८३ पुरुष, ७३ महिला, २७ बालक र १२ बालिका २०७८/७९ मा घाइते भएका थिए। ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा समेत कमी आएको छ। गत वर्ष सामान्य घाइते हुनेको संख्या दुई सय ७६ छ। २०७८/७९ मा ६ सय ६ जना सामान्य घाइते भएका थिए।

त्यस्तै गत वर्ष दुई सय ५२ वटा दुर्घटना पशुचौपायामा ठोक्कीएर भएका छन्। अघिल्लो आर्थिक वर्षमा पाँच सय एक दुर्घटना पशुचौपायासँगै ठोक्किएर भएका थिए। गत वर्ष दुर्घटनाबाट १६ पशुचौपाया मरेका छन। ६ घाइते भएका थिए। २०७८/७९ मा ३१ चौपाया मरेका थिए भने १० घाइते भएका थिए।

ट्राफिक नियम विपरीत हिँड्नेलाई कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा कमी आएको दाबी गरिएको छ। सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुले पनि दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको बुझाइ छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सुर्खेतमा आँखा पाक्ने रोगको महामारी, दैनिक ६ सय बिरामी पुग्छन् अस्पताल

Next Post

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

स्पेशल खबर

स्पेशल खबर

Next Post
बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

बाइकको ‘ऐना’भित्र लागुऔषध! धनगढी र अत्तरियाबाट चार जना पक्राउ

मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग

मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d