भिडियो
Saturday, October 18, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरण स् केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान ?


नक्कली भुटानी शरणार्थी प्रकरण स् केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान ?

काठमाडौं( नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने आवरणमा भएको आपराधिक घटनामा ओरोपित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहित एमाले निकट नेताहरुमाथि भने सामान्य सोधपुछ समेत गरिएन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री रहेको समयमा उनले आफूले सम्पूर्ण फाइलहरु खोल्‍ने प्रतिबद्धता जनाएको भए पनि उनीहरुमाथि सामान्य सोधपुछ पनि नगरिनु र अनुसन्धान सुरु नै नगरिनु आश्चार्यको विषय बनेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीबाहेक अन्यमाथि कुनै अनुसन्धानको प्रक्रिया अघि बढेको छैन।

यसअघि प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा सानु र केशवको थप बयानमा तत्कालीन गृहसचिव रहेका अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पीए राजेश बज्राचार्यको नाम लिइएको भए पनि उनीहरुलाई अनुसन्धान गरिएको छैन।

तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर २०७६ असोजमा एक करोड रुपैयाँ लिएको साविति बयान हुँदा पनि उनीमाथि अनुसन्धान नहुनु अनुसन्धान पूर्णरुपमा प्रवाग्रही रहेको देखिन्छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा। अजयक्रान्ति शाक्य र तत्कालीन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले ‘निर्णय गर्न रकम अपुग भएको’ सुनाएकोले तत्कालीन गृहमन्त्री बादलको क्वार्टरमा उर्जामन्त्री रायमाझीसहितसँग भेट गराएपछि बज्राचार्य, शाक्य र स्थापितले एकरएक करोड रुपैयाँ बुझेको बयानमा उल्लेख छ।

यो प्रकरणमा प्रहरीले पूर्वमन्त्री रायमाझी, पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेपनि सानु र केशवले बयानमा उल्लेख गरेका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, तत्कालिन गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादल, पूर्वगृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त रहेका राई, डा। अजयक्रान्ति शाक्य, राजेश्वर स्थापित लगायतसँग सामान्य सोधपुछ समेत गरेको छैन।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान अर्थमन्त्री वर्षमान पुन नेकपा एमालेसँग नजिक रहेको र सत्ता गठबन्धन परिवर्तनको दाउमा रहेका कारण उनीहरुकै दबाबमा अनुसन्धान प्रभावित भएको र ओलीका पीएसहितका एमाले नेताहरुलाई जोगाउने खेल सुरु भएको घटनाबारे जानकार सुरक्षा स्रोतले पुष्टि गरेको छ।

सुशासन कायम गर्ने र काम गरेर देखाउने प्रतिबद्धता गरेका गृहमन्त्री रवि लामिछानेले अब के उनीहरुमाथि अनुसन्धान गर्ने आँट देखाउलान् भन्‍ने प्रश्‍न उठेको छ। यदि उनीहरुमाथि अनुसन्धान गर्ने आँछ देखाएमा रविले साँच्चिकै जनताको पक्षमा काम गरेको ठहरिनेछ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

Next Post

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

स्पेशल खबर

स्पेशल खबर

Next Post
‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

प्रहरीमाथि आक्रमण गरेको आरोपमा तीनजनामाथि अभद्र व्यवहारको मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d