भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण


मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

वीरगञ्ज, कार्तिक २८ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

यही क्रिकेट मैदानबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु खेलेका खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको मुख्यमन्त्री सिंहले बताए । क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो एउटा ऐतिहासिक खेल मैदान हो । यसकाे विकासका लागि हाम्रो प्रदेश सरकार गम्भीर छ । हामीले निरन्तर संघ सरकारका खेलकुद मन्त्रीलगायतसँग समन्वय र छलफल गररहेका छौँ ।’
संघ सरकारबाट पनि यस आर्थिक वर्षमा बजेट विनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघसंस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट विनियोजन गरेको छ ।

नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै पालामा समाधान गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘आजै म काठमाडौं जाँदैछु, त्यसबेला पनि म खेलकुद मन्त्रीसँग भेटेरै मुआब्जाको फायल अर्थ मन्त्रालयमा पठाउनका लागि पहल गर्छु ।’

अहिले खेलाडीहरू राज्यको शुन्य लगानीमा आफ्नै बलबुतामा उत्पादन भइरहेको सिंहको भनाइ छ । राज्यले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको स्वीकार गर्दै खेलाडीको प्रोत्साहन र खेलक्षेत्रमा आकर्षण बढाउनेतर्फ प्रदेश सरकारले काम गरिरहेको सिंहले बताए ।
प्रदेश सरकारको उपलब्ध स्रोत साधन र बजेटअनुसार काम गरिने उनले बताए । क्रिकेट मैदानका लागि अहिले थोरै बजेट भए पनि त्यो पर्याप्त नभएको हुँदा आगामी आर्थिक वर्षमा पनि बजेट थपेर व्यवस्थित गर्ने योजना पनि उनले सुनाए ।

क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराएका थिए । भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष मनिष सिंहले मुआब्जाको विषयलाई टुंगो लगाउनका लागि पहल गरिदिन अनुरोध गरे । साथै उनले क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) पनि तयार भएको बताउँदै बजेटको व्यवस्थापन हुने बित्तिकै अन्य काम थालनी गर्ने बताए ।

सो अवसरमा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रिय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, पर्साका चिफ सेलेक्टर राजिव श्रेष्ठ, बिक्रम बस्नेत, रजत पाण्डे, सुबास यादव, फारुक आलम, नाजिर शेख लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

आज दिपावली !

Next Post

धनराज गुरुङसँग सीआइबीले लियो बयान

स्पेशल खबर

स्पेशल खबर

Next Post
धनराज गुरुङसँग सीआइबीले लियो बयान

धनराज गुरुङसँग सीआइबीले लियो बयान

खालिस्तानी नेता पन्नुले अयोध्याको जग हल्लाउने धम्की दिएपछि सुरक्षा व्यवस्था कडा

खालिस्तानी नेता पन्नुले अयोध्याको जग हल्लाउने धम्की दिएपछि सुरक्षा व्यवस्था कडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d