भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

आज दिपावली !


आज दिपावली !

आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ। यसवर्ष तिथिको हेरफेरका कारण कुकुर तिहार तेस्रो दिनमा परेको छ । जसले गर्दा आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई विशेष सम्मान गर्दै मनपर्ने परिकार दिनुपर्ने धार्मिक मान्यता छ। यमराजको द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुला गरिदिने विश्वासले कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक कथाले कुकुरलाई मानवकै हितैषी मानिन्छ।

आजका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन अरुणोदयकालमा नदी वा तलाउमा स्नान, तर्पण गरि यमदीप बगाउँदा नरकको दर्शन नगर्नु पर्ने धार्मिक विश्वास छ। बिहानै घर सफा सुग्घर गरेर गाईको गोबर र रातोमाटोले लिपपोत गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ।

कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि भनिन्छ। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म गाईको गोबर, रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मीको आगमनको मार्ग तयार गरिन्छ। पाइलापिच्छे दीप प्रज्ज्वलन गरी झिलमिलि बनाइन्छ, जहाँ हाल मैनबत्तिको प्रयोग पनि बढ्न थालेको छ। तर, दीयोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् गौतम बताउँछन्।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने परम्परा छ। सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरका महिलाले ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन-धान्यको आगमन होस्’ भनी नाङ्लो ठटाउने चलन पनि छ। आज साँझ युवतीहरूले समूहमा भैलो खेल्ने प्रचलन छ, जसलाई भगवान विष्णुले बलिराजालाई दिएको वरदानको सम्झनामा गाइन्छ। भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा, रोटी दिइन्छ, जसलाई कात्तिकको दान मानी पुण्य प्राप्त हुने विश्वास छ।

यस अवसरमा आज बजारमा दीपावली गरी झिलमिलि सजाइन्छ। कतै कतै आजै गाई पूजा गर्ने परम्परा पनि छ, यद्यपि औँसीपछि मात्र गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउँछन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेता राजिव झालाई थुन्ने धनुषाका सिडिओ कडरियाको थम्की

Next Post

मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

स्पेशल खबर

स्पेशल खबर

Next Post
मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

मुख्यमन्त्री सिंहले गरे वीरगञ्जको नारायणी क्रिकेट मैदानको निरीक्षण

धनराज गुरुङसँग सीआइबीले लियो बयान

धनराज गुरुङसँग सीआइबीले लियो बयान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d