भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मलेसियामा श्रमिक पठाउन सुरु


मलेसियामा श्रमिक पठाउन सुरु
काठमाडौं । मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ । आप्रवासी श्रमिक लिन छोडेको मलेसियाले मङ्सिरदेखि आंशिक रूपमा खुलाउन थालेसँगै नेपालका वैदेशिक रोजगार व्यवसायीले माग प्रमाणीकरण गरेर ल्याई विज्ञापन गरेर पठाउन सुरु गरेका हुन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपाली श्रमिकको पनि माग आउन थालेको छ । दूतावासले करिब दुई हजार माग प्रमाणीकरण गरिसकेको जनाएको छ । मलेसियाले आफ्नो वृक्षरोपण तथा कमोडिटी मन्त्रालय अन्तर्गतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको जनाइएको छ ।
मलेसियामा यो क्षेत्रमा करिब ४० हजार श्रमिकको माग रहेको अनुमान छ । वैदेशिक रोजगार व्यवसायीले करिब एक महिनाअघि नै मलेसियाले तोकेको प्लान्टेसन क्षेत्रमा श्रमिक लैजाने गरी क्वालालम्पुरस्थित नेपाली दूतावासमा मागपत्र पेस गरेका थिए । दूतावासले विभिन्न कारण देखाउँदै मागपत्र प्रमाणीकरण नगरेको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए । हाल भने दूतावासले रोकिएको मागपत्र धमाधम प्रमाणीकरण थालेको छ । योसँगै मलेसियामा सीमित सङ्ख्यामा श्रमिक जान पाउने भएका छन् ।
मलेसियाले फागुन २०७९ मा देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने गरी १ जुन २०२४ ९१८ जेठ २०८१० देखि श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो । तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले गत १५ सेप्टेम्बरमा समीक्षा गर्दै पुनः निरन्तरता दिने अर्को निर्णय गरेको छ । प्लान्टेसनलगायतका केही क्षेत्रमा सीमित सङ्ख्यामा श्रमिक लिने निर्णय अनुसार श्रमिक लिइरहेको छ ।
मलेसिया सरकारले लिएको कडा नीतिका कारण अहिले मलेसियामा कम्पनी छाडेर हिँड्ने र करार अवधि सकिएपछि पनि नफर्किने नेपालीको सङ्ख्या बढ्न थालेको छ । कतिपयले राम्रो जागिर भएकाले करार अवधि थपेर तत्काल नफर्किने गरी काम गरिरहेका छन् ।
मलेसियामा कुल एक करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी श्रमिकलाई १५ प्रतिशतमा सीमित गर्ने नीति छ । मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी श्रमिक रहेको अनुमान छ । त्यसमध्ये हाल साढे तीन लाखभन्दा बढी नेपाली श्रमिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म औसत मासिक आठ हजार नेपाली मलेसिया पुगिरहेका थिए ।
मलेसियाले सन् २०२५ फेब्रुअरी १ तारिकदेखि श्रमिकको न्यूनतम तलब प्रतिमहिना एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय मलेसियन रिङ्गेट पुयाउने निर्णय गरिसकेको छ । उद्योग र उत्पादन प्राविधिकको सुरुको तलब यसअघि नै करिब दुई हजार तीन सय रिङ्गेट छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सशस्त्र प्रहरीमा ठूलो संख्यामा जागिरको लागि भर्ना खुल्यो

Next Post

कवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

स्पेशल खबर

स्पेशल खबर

Next Post
कवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

कवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

भ्रष्टाचारीहरुलाई तह लगाउन जनस्तरबाटै प्रतिवाद जरूरी छ: अध्यक्ष प्रभु साह

भ्रष्टाचारीहरुलाई तह लगाउन जनस्तरबाटै प्रतिवाद जरूरी छ: अध्यक्ष प्रभु साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d