भिडियो
Tuesday, April 14, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो

यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो

काठमाडौं– नेपालको आफ्नै पानी जहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले सार्थकता पाउन सकेको छैन।

तर यहि बाहनामा एउटा गिरोह सक्रिय भई युवालाई ठगेको खबर भने सार्वजनिक भएको छ।

पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरूलाई ठगिएको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगेको पाइएको छ।

गिरोहमा बर्दिया राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन्। उनीहरुले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ गाउँमा एजेन्ट समेत राखेको पाइएको छ।

युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन्। उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन।

गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए।

यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो।

उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो। पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाइएको थियो। उनीहरुलाई २०८१ दसैँ अघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो।

युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समातेका छन्।

ठगिने मध्ये जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन्।

गिरोहले यसै गरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन्।

ठगिएकाहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन। प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढ्यो

Next Post

तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

स्पेशल खबर

स्पेशल खबर

Next Post
तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

तीव्र हावा चल्दा विमानस्थलमा अवतरण हुन सकेनन् जहाज, दुईवटा डाइभर्ट

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

विवाह गर्ने भरोसा दिएर युवतिलाई पटक पटक बलात्कार गरेको आरोपमा युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d