भिडियो
Wednesday, June 17, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’


कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

सुर्खेत । कर्णाली प्रदेशमा विभिन्न क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्याएका १० जना युवालाई यस वर्ष ‘कर्णाली यूथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ । कर्णाली युवा महोत्सवको दोस्रो संस्करणमा कर्णालीमा राजनीतिबाहेक शिक्षा, सामाजिक सेवा, उद्यमशीलता, खेलकुद, साहित्य, संस्कृति, नवप्रवर्तन तथा अन्य सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेका र समाजमा सकारात्मक प्रभाव पारेका युवालाई ‘कर्णाली यूथ आइकन अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि महोत्सव आयोजना गरिएको महात्सवका संयोजक विनोद कुमार शाहीले बताए । कर्णालीका सबै जिल्ला तथा स्थानीय तहबाट प्रतिनिधिमूलक रूपमा युवाहरूको सहभागिता सुनिश्चित गरिएको उनले जानकारी दिए ।

कार्यक्रमलाई बहु आयामिक बनाउन विभिन्न गतिविधिहरू समावेश गरिएको छ । महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, यूथ प्लेटफर्ममार्फत अन्तरक्रिया, पुस्तक वार्ता, देउडा खेल, सांगीतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिने छन् । महोत्सवले युवाहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै सांस्कृतिक पहिचानलाई पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम युवाहरूको साझा प्लेटफर्मका रूपमा विकास गर्दै कर्णालीका सबै जिल्ला तथा स्थानीय तहका युवालाई सहभागी गराउने लक्ष्य राखिएको सल्लाहकार भुपेन्द्रजंग शाहीले बताए । कर्णालीको समृद्धिका लागि राज्यको दायित्व, जनप्रतिनिधि र युवाबिचको सम्बन्ध, मिडियामा कर्णालीको छवि, सामाजिक अभियान, समाज रूपान्तरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास लगायतका विषयमा पनि विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।

महोत्सव मार्फत युवालाई नीति निर्माण, विकास प्रक्रिया र सामाजिक नेतृत्वमा सहभागी गराउने उद्देश्य लिइएको छ । अघिल्लो वर्ष सम्पन्न पहिलो संस्करणबाट प्राप्त अनुभव, सिकाइ र सफलतालाई आधार मानेर यस वर्षको दोस्रो संस्करणलाई अझ प्रभावकारी, सहभागितामूलक र व्यापक बनाइने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार कर्णालीका युवालाई एउटै मञ्चमा ल्याएर उनीहरूको आवाज, विचार र क्षमता प्रस्तुत गर्ने अवसर दिनु नै महोत्सवको मुख्य उद्देश्य हो। यसले भविष्यमा कर्णाली प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा युवाको भूमिका अझ सशक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

Next Post

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

स्पेशल खबर

स्पेशल खबर

Next Post
विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d