भिडियो
Monday, August 31, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

काठमाडौं। चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि अर्थमन्त्रीलाई सुम्पिए।

राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीन दुवैले भोगेको विपत्तिको सामना मिलेर गर्ने प्रतिबद्धता जनाए। नेपालको यस कठिन घडीमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी गराउँदै अन्य प्रकारका सहयोग सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिइयो।

आइतबार मात्रै चीनका दुई वटा विमानले ५० टन पाल, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता आपत्कालीन सामग्री काठमाडौँ ल्याइसकेको र थप सहयोग पनि निरन्तर पठाइने राजदूतले उल्लेख गरे।

रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका हुँदै नेपाल फिर्ता ल्याउन पहल भइरहेको अर्थ मन्त्रालयलाई अवगत गराइयो। साथै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टरसहितका चिनियाँ दक्ष प्राविधिकहरू नेपाल आइपुगेको र नेपाल सरकारले माग गरेबमोजिम ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन उपलब्ध गराउन द्रुत गतिमा काम भइरहेको जानकारी प्राप्त भएको छ।

चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई समयमै पुर्याएको सहयोगका लागि चीन सरकारप्रति धन्यवाद ज्ञापन गरे। विपत्तिमा दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै ज्यान गुमाएका चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गरियो।

विश्वको बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रका मुलुकहरूले विनाशकारी असर भोग्नुपरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यस चुनौतीको सामना गर्न नेपाल र चीनबीच बलियो हातेमालो आवश्यक रहेको बताए। साथै, बाढीबाट भएको क्षतिको पुनर्निर्माण र पुनःस्थापनामा पनि चीनबाट ठूलो सहयोगको अपेक्षा राखिएको अर्थमन्त्रीको भनाइ थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र चिनियाँ राजदूत झाङ माओमिङले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

सबैको रोजाइ बन्दै माखन भोग

Next Post

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

स्पेशल खबर

स्पेशल खबर

Next Post
चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चरौँदी झोलुङ्गे पुल बाढीले पूर्ण रूपमा क्षतिग्रस्त

चरौँदी झोलुङ्गे पुल बाढीले पूर्ण रूपमा क्षतिग्रस्त

किभनजिक हतियार गोदाममा विस्फोट, ४०० जना सुरक्षित स्थानमा सारिए

किभनजिक हतियार गोदाममा विस्फोट, ४०० जना सुरक्षित स्थानमा सारिए

रेभ पार्टी चलिरहेका बेला गोली चल्यो, पाँच घाइते

रेभ पार्टी चलिरहेका बेला गोली चल्यो, पाँच घाइते

कडा नियन्त्रणमा रहेको तिब्बतमा उद्धारका लागि सी जिनपिङको निर्देशन

कडा नियन्त्रणमा रहेको तिब्बतमा उद्धारका लागि सी जिनपिङको निर्देशन

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d