भिडियो
Tuesday, September 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो


चीनले नेपाललाई २२ लाख डलर नगद सहयोग हस्तान्तरण गर्‍यो

काठमाडौं। रसुवामा आएको बाढीका कारण नेपालले व्यहोरेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। यस कठिन विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको प्रतिबद्धता चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

प्रधानमन्त्री राहत कोषमा चीन सरकारका तर्फबाट घोषित सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाएका हुन्।

“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेका छन्। बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दुःखमा नेपाल एक्लै नभएको र चीन नेपाल तथा नेपाली जनताको साथमा रहेको सन्देश दिइएको छ,” राजदूत माओमिङले बताए।

भेटका क्रममा चिनियाँ राजदूत माओमिङले अर्थमन्त्री डा. वाग्लेलाई झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे। साथै, चिनियाँ रेडक्रसका तर्फबाट प्राप्त थप ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि अर्थमन्त्रीलाई सुम्पिए।

सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको प्राकृतिक प्रलयको सामना दुवै देशले मिलेर गर्ने उल्लेख गरे। चीन सरकारले घोषणा गरेका अन्य आपत्कालीन सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिइयो।

आइतबार मात्रै दुई वटा चिनियाँ विमानले ५० टन पाल, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र खाद्यान्न काठमाडौँ ल्याइसकेको र थप सहयोग पनि निरन्तर पठाइने राजदूतले जानकारी दिए।

यस्तै, बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको छ। जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितका दक्ष प्राविधिक टोली नेपाल आइपुगिसकेका छन् भने ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन उपलब्ध गराउने कामसमेत द्रुत गतिमा भइरहेको जानकारी प्राप्त भएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

चीनद्वारा बाढीपीडित नेपाललाई २२ लाख डलर नगद सहयोग

Next Post

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

स्पेशल खबर

स्पेशल खबर

Next Post
तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

तिब्बत बाढी: बेपत्ता ५४६ मध्ये सबैभन्दा धेरै नेपाली

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

उद्धार–राहतका लागि नेपालमा स्टारलिंक किट पठाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

बेतौनामा प्रहरीको छापा, खैरो हिरोइन बरामद

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

सीले ब्रिक्सको आर्थिक सहकार्यको रोडम्याप प्रस्तुत गरे

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

राम रहीम विज्ञापनबारे ‘द हिन्दु’को क्षमायाचना

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

जोखिमपूर्ण हिमताल फुटाउन सरकारको तयारी

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

इराकबाट ड्रोन आएको साउदीको दाबी, तत्काल जवाफी कारबाही नगर्ने

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

शीर्ष नेताहरूप्रति असन्तुष्टि, मधेशमा पुस्तान्तरणको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

बेपत्ता आफन्तको खोजी माग्ने नेता पक्राउ, तत्काल रिहाइको माग

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

कृष्ण जन्माष्टमीमा सानवीको सौगात ‘यता श्यामले वंशीको तान छाडे’ भक्ति गीत सार्वजनिक

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d