तासकन्द। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने उज्वेकिस्तानको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभको निमन्त्रणामा अगस्ट २९ र ३० मा भएको यस भ्रमणका क्रममा दुवै देशले आफ्नो सम्बन्धलाई स्तरोन्नति गर्दै व्यापक रणनीतिक साझेदारीुकायम गरेका छन्। यसका साथै डिजिटल भुक्तानी, खानी, युरेनियम, व्यापार, स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका क्षेत्रमा ११ वटा महत्त्वपूर्ण सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भ्रमणका मुख्य उपलब्धि र सम्झौताहरूस्
द्विपक्षीय व्यापार लक्ष्यस् हाल करिब १ अर्ब अमेरिकी डलर रहेको द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा ५ अर्ब डलर पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य निर्धारण गरिएको छ। यसका लागि बजार पहुँच, कनेक्टिभिटी र बैङ्किङ प्रणालीमा जोड दिइने प्रधानमन्त्री मोदीले बताएका छन्।
डिजिटल भुक्तानी सञ्जालस् उज्वेकिस्तानमा भारतको युपीआई प्रणाली प्रयोगमा ल्याउन एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड र उज्वेकिस्तानको नेसनल इन्टरबैंक प्रोसेसिङ सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ। यसबाट भारतीय पर्यटकले उज्वेकिस्तानको राष्ट्रिय यूजेडक्यूआरु कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
खानी र युरेनियम आपूर्तिस् भूगर्भ विज्ञान र खनिज स्रोतको क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतलाई युरेनियम आपूर्ति गर्ने दीर्घकालीन सम्झौता पनि छिट्टै टुङ्गो लाग्ने भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सिबी जर्जले जानकारी दिएका छन्।
वातावरण र संरक्षणस् अरल सागर क्षेत्रमा वृक्षारोपण र वातावरणीय पुनरुत्थानका लागि प्राविधिक सहयोगसहित भारतले १० लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। भारतको एक पेड माँ के नामु र उज्वेकिस्तानको याशिल माकोनु अभियानलाई जोड्दै दुई नेताले राष्ट्रपति भवनको बगैँचामा संयुक्त रूपमा वृक्षारोपण गरेका छन्।
शिक्षा, संस्कृति र सम्पदास् उज्वेकिस्तानका मेधावी विद्यार्थीलाई हिन्दी भाषा अध्ययनका लागि १०० लालबहादुर शास्त्री छात्रवृत्तिु प्रदान गरिनेछ भने तासकन्द स्टेट युनिभर्सिटीमा आईसीसीआर संस्कृत चेयरु स्थापना गरिनेछ। साथै, उज्वेकिस्तानको तेर्मेज क्षेत्रमा रहेका फयाज तेपा र कारा तेपा जस्ता प्राचीन बौद्ध स्थलहरूको संरक्षण र जीर्णोद्धारका लागि पनि आशयपत्र आदानप्रदान भएको छ।
स्वास्थ्य तथा परम्परागत चिकित्सास् आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीमा अनुसन्धान र संस्थागत सहकार्य बढाउन दुई सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। साथै, संयुक्त औषधि निर्माण र अनुसन्धानमा सहकार्य विस्तार गरिनेछ।
रक्षा तथा सुरक्षास् विपद् प्रतिकार्य क्षमता बढाउन भारतले उज्वेकिस्तानको सशस्त्र बललाई आरोग्य मैत्री भीष्म क्युब्सु उपलब्ध गराएको छ। दुई देशका रक्षा र सुरक्षा निकायबीच सहकार्य थप सुदृढ गर्ने सहमति समेत भएको छ।
कूटनीतिक संयन्त्र र सर्वोच्च सम्मान
सम्झौताहरूको प्रभावकारी कार्यान्वयनका लागि विदेशमन्त्री स्तरको उच्चस्तरीय समन्वय संयन्त्र स्थापना गर्ने सहमति भएको छ भने संयुक्त आयोगको स्तरलाई सचिव स्तरबाट मन्त्री स्तरमा बढुवा गरिएको छ। क्षेत्रीय स्तरमा भारतको गुजरात र उज्वेकिस्तानको समरकन्द क्षेत्रबीच साझेदारी स्थापना गर्दै राज्य(राज्य बीचको सहकार्यलाई विस्तार गरिनेछ।
यसैबीच, उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले प्रधानमन्त्री मोदीलाई विदेशी नेताहरूलाई दिइने उज्वेकिस्तानको सर्वोच्च राजकीय सम्मान ओली दराजली दोस्तलिकु बाट विभूषित गरेका छन्। प्रधानमन्त्री मोदीले उक्त सम्मान भारतीय जनतामा समर्पित गर्दै यसले दुई सभ्यताबीचको अटुट मित्रतालाई दर्साएको बताए।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले तासकन्दस्थित शास्त्री मेमोरियलमा पुगेर भारतका पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीप्रति पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि उनले तासकन्द स्टेट युनिभर्सिटी अफ ओरिएन्टल स्टडिजस्थित महात्मा गान्धी केन्द्रको भ्रमण गरी इन्डोलोजिस्ट (भारतविद्) र विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेका थिए।
आगामी वर्ष भारतमा आयोजना हुने इन्डिया(सेन्ट्रल एसिया समिटु मा उज्वेकिस्तानलाई महत्त्वपूर्ण साझेदारका रूपमा लिइएको प्रधानमन्त्री मोदीले घोषणा गरेका छन्। उज्वेकिस्तानको राजकीय भ्रमण सम्पन्न गरे लगत्तै २६औँ सांघाई सहयोग सङ्गठन शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी किर्गिस्तानको बिस्केक प्रस्थान गरेका छन्।










