भिडियो
Thursday, September 3, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा बाढीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङ । तस्बिर: गोपाल दाहाल/रासस

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति र क्षमता प्रयोग गरिरहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले उद्धारको प्रयास निरन्तर जारी रहेको र आशा नमारेको स्पष्ट पारे। सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास भइरहेको र राज्य आफ्नो जिम्मेवारीबाट कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे।

बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि उपलब्ध सबै सुरक्षा संयन्त्र परिचालन गरिएको गृहमन्त्रीले जानकारी दिए। उद्धारका क्रममा भोग्नु परेका जटिलताबारे स्पष्ट पार्दै त्रिशूली-३ ‘ए’ मा खोजीका लागि जाँदा बाक्लो दलदल रहेकाले एक्साभेटरसमेत डुबेको तर अहिले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफलता मिलेको उनले बताए। विद्युत् गृहको माथिबाट खनेर भित्र जाने विकल्पमाथि काम भइरहेको जानकारी पनि उनले दिए।

सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै विभिन्न टनेलमा ड्रोन पठाइएको र सुरुङभित्र रहेका मानिसहरू पानी खाएर भए पनि जीवितै होलान् भन्ने आशाका साथ उद्धार कार्य जारी राखिएको उनले बताए।

विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिएको गृहमन्त्री गुरुङले बताए। बाढी प्रभावित क्षेत्रमा बिहान ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको र लगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको जानकारी पनि उनले दिए।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

Next Post

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

स्पेशल खबर

स्पेशल खबर

Next Post
बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मेमोरी चिपको माग बढ्दा कोरियाको निर्यातमा ऐतिहासिक उछाल

मेमोरी चिपको माग बढ्दा कोरियाको निर्यातमा ऐतिहासिक उछाल

किमसँग भेट्दा सानो गल्ती पनि भारी, पूर्वकूटनीतिज्ञको खुलासा

किमसँग भेट्दा सानो गल्ती पनि भारी, पूर्वकूटनीतिज्ञको खुलासा

जर्मनीले लिपजिग विमानस्थलमा ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकाल्यो

जर्मनीले लिपजिग विमानस्थलमा ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकाल्यो

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d