लहान भदौ २ जिल्ला सप्तरी, विष्णुपुर गा.पा. वडा नं. ६ गोरगमा बस्ने अधिवक्ता श्री सुरेन्द्र प्रसाद यादवले लामो समय सम्म कानून व्यवसायमा संलग्नरही पेशाको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेकोले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम सर्वोच्च अदालत पूर्ण बैठकको मिति २०७९।०३।२९/०४ को निर्णयानुसार सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरी प्रमाणपत्र प्राप्त गर्नु भएको कुरा समाजसेवी देव नारायण साहले जनाएको छ ।