भिडियो
Tuesday, April 21, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

रासस–
सर्लाही, भदौ २ गते ।
सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बस पार्क तयार भएको छ ।

जिल्लाको मलंगवा नगरपालिका–२ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

हाल मलंगवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलंगवा नगरपालिका र मलंगवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

जिल्ला सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । जनसागर बजार ९श्रीमती कृष्णादेवी जनता माविको छेउ० मा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “हाल सञ्चालनमा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ । सवारीसाधनको चाप बढेकाले बसपार्क अगाडिको मुख्य सडकमै सवारीसाधन पार्किङ गरेर राखिएको छ । यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै साँघुरो बसपार्कका कारण सवारीसाधनलाई आवतजावतमा समेत समस्या देखिएको छ ।”

मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेको र त्यहाँ जाँदा साना सवारीसाधनले पुरानो बसपार्क अगाडिबाटै यात्रु उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बस जान तयार नभएको बताए ।

ठेकेदारले नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए । उनले राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको सुविधा सम्पन्न बसपार्क हस्तान्तरण भएर सञ्चालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न भन्न नपाउने बताए ।

मलङ्गवा नगर नगर प्रमुख नागेन्द्रप्रसाद यादवले नयाँ बसपार्क सञ्चालनका लागि बस व्यवसायीसँग चाँडै छलफल हुन लागेको बताए ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

Next Post

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

स्पेशल खबर

स्पेशल खबर

Next Post
मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d