भिडियो
Wednesday, July 16, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार


सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बसपार्क तयार

रासस–
सर्लाही, भदौ २ गते ।
सर्लाहीको मलंगवामा सुविधा सम्पन्न बस पार्क तयार भएको छ ।

जिल्लाको मलंगवा नगरपालिका–२ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

हाल मलंगवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलंगवा नगरपालिका र मलंगवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

जिल्ला सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । जनसागर बजार ९श्रीमती कृष्णादेवी जनता माविको छेउ० मा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “हाल सञ्चालनमा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ । सवारीसाधनको चाप बढेकाले बसपार्क अगाडिको मुख्य सडकमै सवारीसाधन पार्किङ गरेर राखिएको छ । यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै साँघुरो बसपार्कका कारण सवारीसाधनलाई आवतजावतमा समेत समस्या देखिएको छ ।”

मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा रहेको र त्यहाँ जाँदा साना सवारीसाधनले पुरानो बसपार्क अगाडिबाटै यात्रु उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बस जान तयार नभएको बताए ।

ठेकेदारले नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए । उनले राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको सुविधा सम्पन्न बसपार्क हस्तान्तरण भएर सञ्चालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न भन्न नपाउने बताए ।

मलङ्गवा नगर नगर प्रमुख नागेन्द्रप्रसाद यादवले नयाँ बसपार्क सञ्चालनका लागि बस व्यवसायीसँग चाँडै छलफल हुन लागेको बताए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ

Next Post

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मधेस प्रदेशकाे पुर्व प्रमुख अहिराजद्वारा मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

लहानमा नेकपा एमालेकाे संगठनात्मक व्यवस्थापन परिचालन विषयक कार्यशाला गाेष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d