ग्लोबल संचार भदौ ५
लहान । नेपाली कांग्रेसका अनुभवी,बाैधिक नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनले लाहान नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाले शोक बिदा दिएका छन् ।शोक बिज्ञप्ती जारी गर्दै यी दुई पालिकाले बिदाको घोषणा गरेका हुन । जारी बिज्ञप्ती अनुसार आजको दिन पालिकाभित्रका शैक्षिक संस्था, पालिका मातहतका सम्पुर्ण कार्यालय (अति आवस्यक सेवा बाहेक) सम्पुर्ण प्रतिस्ठानहरू बन्द रहने जनाएको छ ।
त्यस्तै जिल्ला उद्योग बाणिज्य संघले समेत बिज्ञप्ती जारी गर्दै शोक मनाउन बजार बन्द गर्ने निर्णय गरेका छन्