भिडियो
Thursday, April 23, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

स्थानीय सरकारको सय दिन : भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै बिताए


स्थानीय सरकारको सय दिन : भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै बिताए

फिरोज सिद्दिकी/ लहान।लहान नगरपालिकाका स्थानीय सरकारको आज सय दिन पुरा भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार, भ्रष्टाचार मुक्त हाम्रो लहान’को नारा लिएर अघि बढेका लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले सय दिनको अवधिमा कुनै राम्रो काम गर्न सकेको छैन् । विवाद, अकर्मण्यता र दिशाहीनतामा अलमलिएका छन् ।भनिन्छ कुनै पनि सरकारको सय दिन ‘हनिमुन अवधि’ आफ्नो कार्यकालको राम्रो सुरुवात गरेको हुन्छ । तर लहान नगरपालिकामा भने उल्टो भएको छ । सय दिनको ‘हनिमुन अवधि’ भाषण, आश्वासन, प्रतिवद्धता, मतभेद, विवाद र सम्मान ग्रहण गर्दैै वितेको छ ।
स्थानीय सरकारको लेखाजोखाका लागि सय दिनको अवधि पर्याप्त होइन, तर यो अवधिमै सरकारको कार्यशैलीको छनक भने अवश्य मिल्छ । लहान नगरपालिकामा पूर्व नगरप्रमुख मुनि साहलाई परिवर्तन गरी महेश प्रसाद चौधरीलाई नगरप्रमुख बनाउनुलाई नै कैयौंले सकारात्मक मानेका थिए ।
पूर्व मेयर मुनि साहले गरेको कामभन्दा राम्रो काम गर्ने नगरवासीको आम अपेक्षा पनि थियो । तर, नगरप्रमुख चौधरीले यसबीचमा नगरवासीलाई आशा जगाउने गरी कार्यसम्पादन गर्न चुकेको साहित्यकार तथा संचारकर्मी अर्जुन प्रसाद गुप्ताको ठम्याइ छ । उहाँ भन्नुहुन्छ, ‘‘हुन त यो मेयरले थप केही बिगारेको जस्तो देखिंदैन, तर जनताको स्याबासी पाउने काम पनि गरेको छैन् ।’’
लहान नगरप्रमुख चौधरीले आफ्ना हरेक भाषणमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलगायत विकास योजनाका सपना नगरवासीलाई देखाउन छाडेका छैनन्। जनताले परिवर्तन गरी नगरप्रमुखमा चौधरीलाई ल्याएका छन् तर नगरप्रमुखको काम, कर्तव्य र व्यवहार देखेर जनता अहिलेनै आजित भैसकेका छन् । लहान ९ का संजय साह भन्छन ‘‘मेयर चौधरीको सय दिनको काम देख्दा लाग्छ पूर्व मेयरले गरेको कामभन्दा चारआना पनि गर्न सक्दैन । आश्वासनमात्रले नगरको विकास हुँदैन काम गरेर देखाउनु पर्छ ।’’
नगरप्रमुख चौधरीसँग नगरवासीले धेरै अपेक्षा गरेका छन् । अपेक्षा अनुसार कामको गति लिन भने सकेको छैन । भाषण र प्रचारका लागि कस्मेटिक काममा अल्झीएर लिनुपर्ने गति लिन नसकेको विश्लेषणहरु हुन थालेका छन् ।
नगरप्रमुख चौधरीले जसरी भाषणमा विकासको कुरा गरिरहेका छन्, त्यस अनुसारका योजना कार्यान्वायन अघि बढ्न सकेको पाइँदैन । जनप्रतिनिधिहरु योजना कार्यान्वायनमा भन्दा कार्यक्रम, राजनीतिक भेटघाट, भ्रमणमै बढी समय बिताउँदै आएका छन् । हुनत पहिलो बजेट समेत कार्यान्वयन हुन नसकेको अवस्थामा त्यसअघिको समयमा नगरप्रमुख चौधरीले कामको तुलनामा भाषणको पुलिन्दा ज्यादा फुकाएका छन् ।
निर्वाचनको समयमा जस्तो भाषणबाजी हुन्थ्यो नगरप्रमुखको कार्यक्रममा अहिले पनि त्यसको मात्रा घटेको आभास पाइँदैन । नयाँ नगरप्रमुख आएपछि धेरै काम होला भन्ने अपेक्षामा बसेका नगरवासीको नगरप्रमुखप्रतिको आशा घट्दै गएको देखिन्छ ।
नगरप्रमुख चौधरी कार्यालय प्रवेशका बेला कृर्तन होमजाप गराएका थिए । धर्म निरपेक्ष राज्यमा यो कतिको सान्दर्भिक थियो आफैमा सोचनिय विषय छ । नगरपालिका कार्यालय कसैको एकलौटी सम्पत्ती होइन, यहाँ बस्ने सबै जातजाती, धर्म, समुदायको साझा सम्पत्ति हो । यसतर्फ पनि नगरप्रमुख चौधरीले विचार गर्नु पर्ने थियो । ‘‘स्थानीय सरकारको पहिलो कामनै सर्वमान्य बनाउन नसक्नेले के काम गर्ला भन्ने नकारात्मक मनोभाव शुरूमै पैदा भयो,’’ समाजसेवी इस्राइल सिद्दिकी भन्छन्।
लहान नगरप्रमुख चौधरीले घोषणा गरेका लहान नगरपालिकाको गाडी नचढ्ने, आफूले नेपाल सरकारबाट पाउने सेवा सुविधा प्रत्येक महिनाको २२ गते दलित बस्तीमा वितरण गर्ने, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिस निःशुल्क गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने, फोहोर व्यवस्थापन गर्ने, शबदाह गृह बनाउने, वृद्धभत्ता घर-घरमै पुर्‍याउने, नगरबसलाई ठेक्का लगाई चलाउने, लहान अस्पताललाई ट्रमा सेन्टरको रुपमा व्यवस्थापन गर्ने, डिजेबाजामा प्रतिबन्ध लगाउनेलगायतका आश्वासन भाषनमै निहित रहेको देखिन्छ ।
पूर्व मेयर मुनि साहले टेण्डरगरी ल्याएका जस्तापाता निर्वाचन आचार संहिताका कारण वितरण हुन सकेको थिएन । नगर प्रमुख चौधरी आएपछि आफ्नो कार्यकर्तालाई मात्र जस्तापाता (चदरा) वितरण गर्नु, त्यसकै लागि उपप्रमुख रामचलितर महतोसंग विवाद हुनु र उपप्रमुख महतोलाई फसाउनु जस्ता कार्यले नगरप्रमुख प्रति आम नगरवासीको आक्रोस बढदै गएको स्थानीय समाजसेवी रामनारायण महतोको भनाई रहेको छ ।
अति आवश्यक योजनाहरुको खारिजी, दैनिक र करारका कर्मचारीहरुलाई हटाउनु, शिक्षा, स्वास्थ्य, सरसफाई, बस पार्क अव्यवस्थीत हुनु, नगरवासीलाई प्रत्यक्ष लाभहुने नगर बस संचालन बन्द गराउनु, कोरोनाको रकम सम्वन्धीत पिडितलाई वितरण नगरी आफ्ना नाता गोता र कार्यकर्ताहरुलाई वितरण गर्नु, पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङगणमा फोहोर फाल्ने जस्ता कार्यले नगरको आगामि भविष्य कस्तो होला सहजै अनुमान लगाउन सकिने उहाँको भनाई रहेको छ ।
किसान रासायनिक मलका लागि बिना पानीको माछा जस्तै छटपटाई रहेको अवस्थामा आफ्ना कार्यकर्तालाई मात्र मल वितरण गर्ने, सरकारी कार्यालयको कार्यकक्षमा आफ्नो श्रीमतीको तस्वीर झुन्डीयाउनु जस्ता कियाकलापले नगरप्रमुख अपरिपक्व रहेको जनगुणासो बन्दै गएको छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

राजविराजका निवर्तमान नगर प्रमुख लोसपामा

Next Post

उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

स्पेशल खबर

स्पेशल खबर

Next Post
उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

उधाेग व्यवसायकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न

जसपा अध्यक्ष यादव बारा दुई बाट उम्मेदवार सिफारिस

जसपा अध्यक्ष यादव बारा दुई बाट उम्मेदवार सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d