आर एन मेहता राजबिराज मंसिर ७
मधेस प्रदेशमा सोच्न नसक्ने राजनीतिक परिवर्तनका धार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन२०७९ को मत परिणामले देखाएको छ। खासमा सप्तरीको क्षेत्र नं -२ मा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले पराजित भएको मात्र नभई प्रदेशसभा सदस्यको क र ख तथा ३ को ख मा पनि नराम्रो तवरले हारको सामना गर्नु परेको छ।
सम्पन्न निर्वाचनको मत परिणामले नेपाल कम्यूनिष्ट पार्टी समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको उम्मेदवार जयप्रकाश ठाकुरले पनि जनमत पार्टीको उम्मेदवार अगाडि टिक्न सकेन, नराम्रो तवरले पराजित हुनुभयो। क्षेत्रको तिनवटै सिट जनमत पार्टीको उम्मेदवारहरु लिएका छन् । प्रतिनिधि सभा पदमा चन्द्र कान्त राउत(सि.के.राउत) र प्रदेश सभा क्षेत्र (क) बाट शतिश सिंह र क्षेत्र (ख) बाट महेश यादवले अत्यधिक एवम् क्षेत्र ३ (ख) बाट शम्भु साहले झिनो मत अन्तरले विजय भएका छन् ।