भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

परराष्ट्र मन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


परराष्ट्र मन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच साँझ भेट भएको हो ।

सो भेटका क्रममा उनीहरुबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्  । साथै पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरुबीच कुराकानी भएको थियो ।

नेपाल भारत बंगलादेशबीचको त्रिपक्षीय विद्युत व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री डा देउवाको भनाइ थियो ।

भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

साथै सो भेटका क्रममा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरु सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवद्र्धन तथा दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री डा देउवाले प्रसंशा गरेकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरु समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझ्दारी भएको विषयमा उनीहरुबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै विदेशमन्त्री डा जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा पनि सो कुराकानीका क्रममा राखेका थिए ।

मन्त्री डा देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी थिइन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश

Next Post

सत्ताधारी दलहरुबीच मंगलबार अध्यादेश पास गराउने सहमति

स्पेशल खबर

स्पेशल खबर

Next Post
सत्ताधारी दलहरुबीच मंगलबार अध्यादेश पास गराउने सहमति

सत्ताधारी दलहरुबीच मंगलबार अध्यादेश पास गराउने सहमति

प्रहरीलाई दबाबमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रहरीलाई दबाबमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d