भिडियो
Wednesday, July 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानको क्योटोमा अध्ययनरत नेपाली युवा राजु महतोले नेपाली विद्यार्थी र सर्वसाधारणलाई लक्षित गर्दै ‘EduPath AI’ र ‘Thagi Satark’ नामक दुई निःशुल्क मोबाइल एप विकास गरेका छन्। शिक्षा, वैदेशिक अध्ययन, क्यारियर मार्गदर्शन तथा डिजिटल ठगीविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएका यी एप चाँडै गुगल प्ले स्टोरमा उपलब्ध हुनेछन्।

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

क्योटोबाट नेपालका लागि दुई नयाँ मोबाइल एप: ‘EduPath AI’ र ‘Thagi Satark’ सार्वजनिक

काठमाडौं । जापानको क्योटोमा अध्ययनरत नेपाली युवा तथा डेभलपर राजु महतो (दिगम्बर महतो नुनिया) ले नेपाली विद्यार्थी तथा सर्वसाधारण नागरिकलाई लक्षित गर्दै दुई नयाँ मोबाइल एप ‘EduPath AI’ र ‘Thagi Satark’ सार्वजनिक गरेका छन्। दुवै एप हाल वेब संस्करणमा उपलब्ध रहेका छन् भने आगामी २–३ साताभित्र गुगल प्ले स्टोरमार्फत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

राजु महतोका अनुसार ‘EduPath AI’ नेपाली विद्यार्थीहरूका लागि निर्माण गरिएको व्यापक शिक्षा तथा वैदेशिक अध्ययन मार्गदर्शन प्लेटफर्म हो। यस एपमा वैदेशिक अध्ययन, सरकारी जागिर, परीक्षा तयारी, क्यारियर परामर्श तथा शैक्षिक मार्गदर्शनसम्बन्धी १.७ मिलियनभन्दा बढी शब्दको सामग्री समावेश गरिएको छ।

एपमा २० भन्दा बढी अध्ययन गन्तव्य देशहरूको जानकारी, विश्वविद्यालयहरूको विवरण, विभिन्न देश तथा विश्वविद्यालयबीच तुलना गर्ने सुविधा, IELTS, PTE, TOEFL, JLPT लगायतका परीक्षाको तयारी सामग्री, सरकारी जागिरसम्बन्धी जानकारी, प्रवेश परीक्षा तयारी, SEE पछिको शैक्षिक मार्गचित्र तथा AI-संचालित काउन्सेलिङ सेवा समावेश छन्।

विशेष रूपमा यस एपको अफलाइन AI काउन्सेलर सुविधा उल्लेखनीय मानिएको छ, जसले इन्टरनेट उपलब्ध नभएको अवस्थामा पनि विद्यार्थीलाई आवश्यक जानकारी र परामर्श प्रदान गर्न सक्ने बताइएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै कम डाटा प्रयोग हुने संरचनामा एप विकास गरिएको महतोले जानकारी दिए।

“धेरै नेपाली युवासँग सपना त हुन्छ, तर सही जानकारी र मार्गदर्शनको अभावमा अवसर गुमाउने अवस्था छ। EduPath AI ले यही खाडल पुर्ने प्रयास गरेको हो,” महतोले बताए।

त्यस्तै, ‘Thagi Satark’ नेपालमा बढ्दो डिजिटल तथा परम्परागत ठगीका घटनाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको एप हो। यस एपमा ३० प्रकारका ठगीका स्वरूप, जोखिमका संकेत, बच्ने उपाय तथा वास्तविक घटनाका उदाहरण समेटिएका छन्।

एपमा अफलाइन जोखिम मूल्याङ्कन प्रणाली, जोखिम मिटर, आपतकालीन हेल्पलाइन निर्देशिका, अन्तरक्रियात्मक प्रश्नोत्तरी तथा साइबर कानुन र उपभोक्ता संरक्षणसम्बन्धी कानुनी मार्गदर्शनका सामग्री उपलब्ध छन्। इन्टरनेट कमजोर भएका ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई समेत लक्षित गरी एपको मुख्य संरचना अफलाइनमै सञ्चालन हुने गरी तयार गरिएको विकासकर्ताले जनाएका छन्।

“डिजिटल ठगी दिनप्रतिदिन बढिरहेको छ। सही जानकारीको अभावमा धेरै नेपाली यसको सिकार भइरहेका छन्। थगी सतर्कले सुरक्षा सम्बन्धी ज्ञानलाई सबैको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको छ,” महतोले बताए।

रौतहटको यमुनामाई गाउँपालिका–१ का स्थायी बासिन्दा महतो हाल जापानको क्योटो कम्प्युटर गाकुइन (KCG) मा सूचना प्रविधि विषय अध्ययन गरिरहेका छन्। अध्ययनसँगै फ्रिलान्स डेभलपरका रूपमा सक्रिय उनले नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री भरतप्रसाद शाह लगायतका विभिन्न सार्वजनिक व्यक्तित्व र संस्थाहरूका वेबसाइट निर्माण गरिसकेका छन्।

महतोले आगामी दिनमा EduPath AI अन्तर्गत शैक्षिक भिडियो सामग्री, साइबर सुरक्षा तथा मनोविज्ञानसम्बन्धी ज्ञानमूलक सामग्री विस्तार गर्ने तथा Thagi Satark मा AI-आधारित उन्नत ठगी पहिचान प्रणाली र ‘Fraud Map’ सुविधा थप गर्ने योजना रहेको जानकारी दिएका छन्।

हाल EduPath AI र Thagi Satark दुवै वेब संस्करणमा उपलब्ध छन् भने गुगल प्ले स्टोरमार्फत चाँडै सार्वजनिक गरिने जनाइएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

Next Post

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

स्पेशल खबर

स्पेशल खबर

Next Post
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d